चैत १९ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन्। पर्सा जिल्लाका १५३ विद्यालय (७० सामुदायिक र ८३ संस्थागत) बाट परीक्षा दिने विद्यार्थीका लागि २७ परीक्षा केन्द्र तोकिएको छ। ग्रामीण क्षेत्रमा १४ र शहरी क्षेत्रमा १३ परीक्षा केन्द्र रहने छन्। परीक्षा व्यवस्थापनका लागि १,३०४ जनालाई परिचालन गरिएको छ, जसमा केन्द्राध्यक्ष, सहायक, निरीक्षक, सहायक, कार्यालय सहयोगी र सुरक्षाकर्मी समावेश छन्। प्रश्नपत्र नजिकैका प्रहरी चौकीमा सुरक्षित रूपमा पुर्याइएको छ भने बाँकी तयारी तीव्र रूपमा चलिरहेको छ। Post navigation बिरगंज भन्सारबाट सशस्त्र प्रहरी पर्साद्वारा २० लाख भन्दा बढीका स्रोत नखुलेको रकम सहित एक ब्यक्ति सपना मल्ल कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त