सरकारले निजामती प्रशासनअन्तर्गत २९ जना सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने क्रममा वीरगञ्ज महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार सहसचिव वसन्त बहादुर बोहरालाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

वीरगञ्ज महानगरपालिका पछिल्लो समय आर्थिक संकट, प्रशासनिक अन्योल तथा राजनीतिक विवादका कारण चर्चामा रहेको छ । स्रोतका अनुसार महानगरमाथि करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको दायित्व रहेको छ भने आर्थिक अभावका कारण कर्मचारीहरूले विगत चार महिनादेखि तलबसमेत पाउन सकेका छैनन् । यस्तो अवस्थामा बोहराले महानगरको प्रशासनिक र आर्थिक अवस्था सुधार गर्नुपर्ने चुनौती सामना गर्नेछन् ।

यसअघि वीरगञ्ज महानगरपालिकामा खटाइएका सहसचिव रेशमलाल कँडेललाई भने कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ । नगरप्रमुख राजेशमान सिंहसँगको विवादका कारण कँडेल वीरगञ्ज महानगरपालिकामा हाजिर हुन सकेका थिएनन् । हाजिर हुन नपाएपछि उनी केही दिन जिल्ला प्रशासन कार्यालय पर्सामा बसेर अन्ततः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फर्किएका थिए ।

सरकारले नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको जनाएको भए पनि स्थानीय तहमा राजनीतिक र प्रशासनिक नेतृत्वबीचको टकरावले सुशासनमाथि प्रश्न उठाउँदै आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *