डाबर नेपाल प्रालिद्वारा उत्पादित ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा उत्पादन गुणस्तरहीन भेटिएको विभागले जनाएको छ । विभागका अनुसार ब्याच नम्बर. NB004 DABUR,उत्पादन मिति २०२५/१२ र उपभोग्य अवधि १८ महिना रहेको ५०० ग्रामको ‘डाबर हनी’मा मापदण्डअनुसार गुणस्तर पूरा नभएको भेटिएको छ । 

गुणस्तरहीन प्रमाणित भएपछि विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ (२) अनुसार उक्त ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यस्तै, विभागले सोही ऐनको दफा ३८ (४) अनुसार उक्त ब्याचको ‘डाबर हनी’ नबेच्न पनि निर्देशन दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *