जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर राणालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनकै बदनाम गराउने उद्देश्यले गलत कार्य गरेको ठहर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही सुरु गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले  एक प्रेस विज्ञप्ति जारी गर्दै सई राणाले एक व्यवसायीलाई आफैंले फोन गरी बनावटी कथा रचेर अडियो तयार पारेको जनाएको छ । उक्त फेक अडियोलाई सार्वजनिक सञ्चार माध्यममार्फत प्रसारण गराएर प्रहरी संगठन र नेतृत्वको छवि धुमिल बनाउन खोजेको आरोप उनीमाथि छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *