नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले कान्तिपुरका पर्सा संवाददाता शंकर आचार्यलाई सम्मानित गरेको छ । जनकपुरमा मंगलबार आयोजना गरिएको महासंघको सातौं प्रदेश सभामा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कान्तिपुरकर्मी आचार्यलाई सम्मान-पत्र प्रदान गरेका हुन् । सञ्चार क्षेत्रको विकासमा समर्पित रहेर सो क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको र उद्योग वाणिज्यका गतिविधिलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेको भन्दै आचार्यलाई सम्मानित गरिएको छ । Post navigation भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा