नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएको छ। उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ।यसअघि चैत १ गते पनि पेसी चढे पनि पालो नआएका कारण सुनुवाइ हुन नसकी सरेको थियो। त्यसबेला रिट दायरकर्ता तथा कांग्रेसका पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि अदालत पुगेका थिए। आजको सुनुवाइमा दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन्। उपसभापति विश्व प्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च जाने कार्यक्रम रहेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विरोधमा खड्काले रिट दायर गरेका थिए। उक्त रिटमा थापा, शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। Post navigation बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ ६ देशका राजदूतलाई फिर्ता बोलाइयो