पर्सा : जेनजी आन्दोलन उग्रिँदै गएपछि प्रदर्शनकारीहरूले पर्साका खानेपानी मन्त्री प्रदिप यादव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाको घर र पूर्व मन्त्री राजकुमार गुप्ताको निवासमा आगजनी गरेका छन्। आन्दोलनकारीहरूले सोमबार साँझ तोडफोडसँगै निवासमा आगजनी गरेका हुन्। घटनामा घरभित्रका सामान पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरे पनि भीड नियन्त्रण गर्न कठिनाइ भएको बताइएको छ। जेनजी आन्दोलनको क्रममा पछिल्ला दिनमा पर्सा लगायत मधेसका विभिन्न स्थानमा सरकारी निकाय, पार्टी कार्यालय र नेताहरूका घरमा आक्रमण बढ्दै गएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा थप क्षति हुने आशंका बढेको छ। Post navigation प्याब्सन र एन–प्याब्सनद्वारा शिक्षा विधेयकको विरोधस्वरूप सडकमा प्रदर्शन राति १० बजेदेखि सेना परिचालन