वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि  वीरगंज महानगरपालिकाले संस्थागत र सामुदायिक बिद्यालयहरु पनि बन्द गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाले एक सूचना प्रकाशन गरि भाद्र ८ र ९ गते (आइतबार र सोमबार) विद्यालयहरूको पठनपाठन स्थगन गरि बिद्यालयमा बिदा दिइएको जनाएको छ ।


हैजाको जीवाणु दूषित पानी र खानाबाट सर्ने भएकाले बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ। यसै कारण विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित राख्न यो निर्णय गरिएको हो।


महाशाखाले  पानी उमालेर मात्र पिउनु हुन, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुनुहुन, सरसफाईका नियमहरूलाई परिपालना गर्नुहुन, काँचै खाने साग सब्जीहरू तातोपानीले पखालेर मात्र खानुहुन तथा संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउनु हुन सबैमा अनुरोध समेत गरेको छ ।


शैक्षिक प्रशासन महाशाखाले हैजा नियन्त्रणमा ल्याउन सबैको सहयोग र सतर्कता अपरिहार्य रहेको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *