lokkalyankari

बीरगंज लिङ्ग रोडमा शनिबार  देखि  लेमिनार भिट्रिफाइड टायल्सको नयाँ शोरुम संचालनमा आएको छ । शो रुमको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले उदघाटन गरेका छन । उद्घाटन गर्दै मेयर सिंहले शोरुमा उद्घाटनले नेपाली उपभोक्तालाई सहज हुने बताए ।  बीरगंजमा आज देखि थप एउटा ब्यवसायी जोडिएकाले रोजगारी संगै घर निर्माणका लागि चाहिने आवश्यक टायल्सहरु सस्तो र शुलभमा उपलब्ध हुने विश्वास ब्यक्त गर्नुभएको छ। नगर प्रमुख सिंहले भने सबै प्रकारका टायल्सहरु एकैथलोमा पाउनु भनेको समय बचत हुने र धेरै ठाउँमा भौतारिनु नपर्ने नगर प्रमुख सिंहले  बताएका हुन । शोरुमका संचालक निर्देशका आशुतोष खेतानले घर निर्माणका लागि चाहिने सम्पूर्ण सामाग्रीहरु एकै ठाउँमा पाइने बताएका छन् ।उनले भने यो अत्याधुनिक युरोपेली प्रविधि युक्त  उत्पादन केन्द्र बाट लेमिनार टायल्सको उत्पादन भएको बताएका छन् । कम्पनीले ५०० भन्दा बढी आकषर्ण डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा ल्याउने  गरेको खेतानले बताए ।उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रिया बाट तयार गरिएको उनको भनाइ रहेको छ। करिब १० करोडको लगातमा शोरुम तयार गरिएको भने लेमिनारको लागि करिब ५ करोड बजेट विनियोजन गरिएको खेतानले उक्त उदघाटन समारोहमा बताएका छन् । उदघाटन समारोहमा प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल  अर्को संचालक अभिनव चुरिवाल,विभिन्न क्षेत्रका ब्यापारी उधोगीहरु लगायतको उपस्थित रहेको थियो

lokkalyankari