Your paragraph text - 1

जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र बुधबार राती भएको भट्टि बिस्फोट घटनाबारे फैलाइएको भ्रमबारे प्रतिष्ठानले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार प्रतिष्ठानले प्रेस बिज्ञप्ती जारी गरि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा फैलाइएका अफवाह र  समाचारहरु प्रति  गम्भिर ध्यानाकार्षण भएको जनाएको हो  । 
जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र रहेको सि.सि. एम. प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टिमा  अचानक आगलागि भई पड्कििदा भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएको बिज्ञप्ती मार्फत प्रतिष्ठानले जनाएको छ । घाईते बैठाको बिरगंज स्थित एल. एस न्युरो अस्पतालमा उपचार भईरहेको र अन्य मानविय क्षति नभएको तर ठूलो मात्रामा भौतिक क्षति भएको प्रतिष्ठानले जनाएको छ ।  घटना बारे  प्रतिष्ठानबाट अनुसन्धान भईरहेको बिज्ञप्ती मार्फत प्रतिष्ठानले जनाएको छ । 
प्रतिष्ठानले  सम्वेदनशिल विषयमा आधिकारिक श्रोतबाट प्रमाणिकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगरिदिनुहुन पनि सम्पुर्ण सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपिल गरेको छ । साथै प्रतिष्ठानले  हिजोको घटनाले समाजमा पर्न गएको असहज अवस्थाप्रति दुख प्रकट समेत गरेको छ । यसबारे बाराको प्रमुख जिल्ला अधिकारी संग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *