lokkalyankariवीरगन्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर पुर्ननिर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिदैंछ । बिहिबार मन्दिर प्रागंनमा पत्रकार सम्मेलनको आयोजना गरि गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिले रथयात्रामा एक लाख भन्दा बढी भक्तजनहरु सहभागी हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा समितीका अध्यक्ष श्याम पोखरेलले सुरक्षाकै विषयलाई लिएर सुरक्षा निकायका प्रमुखहरुसंग पटक पटक छलफल गरिएको जानकारी दिए । छलफलमा सुरक्षा निकायका प्रमुखहरुले प्रयाप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रतिबद्धता जनाएको उनले बताए । यसका अतिरिक्त समितिका तर्फबाटपनि दुईसय बढी स्वंयसेवकहरु खटिने जानकारी उनले दिए । पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले रथयात्राको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारीपनि गराए । रथयात्रा आयोजनमा करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । उनका अनुसार, शुक्रबार बिहान गहवामाई मन्दिरमा विशेष पूजापछि बिहान ७।३० बजेदेखि रथयात्रा सुरु हुनेछ । रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्ने र पुन मन्दिर प्रांगणमा फर्किएर समापन हुने तथा शुक्रबार नै साँझ मन्दिर प्रांगणमा धार्मिक भजनकिर्तन आयोजना गरिने उनले बताए । यस्तै शनिबार साँझ मन्दिर प्रांगणमै रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’पनि आयोजना गरिने जानकारी पोखरेलले दिए । ‘गहवामाई रथयात्रा’ यात्राका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शुक्रबार विदापनि दिएको छ ।यता ‘गहवामाई रथयात्रा’ का क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर वीरगन्जमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । अर्यालले भने,‘ रथयात्राको सुरक्षाका सन्दर्भमा स्थानीय प्रशासन र प्रहरी हाइ अलर्टमा छ । रथयात्राका क्रममा प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । Post navigation पूँजी बजार सम्बन्धि वीरगंजमा एकदिने प्रशिक्षण सम्पन्न सशस्त्र प्रहरी बल पर्साद्वारा साढे ६ लाख बराबरको सामान भन्सार दाखिला lokkalyankarilokkalyankari By admin Related Post समाचार जगदम्बा स्टिल्स लिमिटेडको भट्टि बिस्फोटः प्रतिष्ठानद्वारा अफवाहप्रति गम्भीर ध्यानाकर्षण Jul 3, 2025 admin समाचार बीरगंजमा लेमिनार भिट्रिफाइड टायल्सको शोरुम संचालनमा Jun 28, 2025 admin समाचार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक Jun 28, 2025 admin Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.