आक्रमणमा मारिएमा सुदीपको शव आजै नेपाल ल्याउदै

भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो ।
 
“अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज (बुधबार) साँझ, नभ्याए भोलि (बिहीबार) नेपाल पठाउँछौँ,” नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीसँग भन्यो ।
 
सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए । आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ । 

सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट काठमाडौं हुँदै पठाउने वा गोरखपुर हुँदै बुटवल पठाउने भन्ने निर्णय भइनसकेको स्रोतले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *