मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ ।

मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा आइतबार अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो ।

आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५ सय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । बाघले रुम्बाको ६ वटा बाख्रा पनि मारेको स्थानीय केशव सुवेदीले जानकारी दिए । अहिले वसन्तपुर गाउँ त्रसित बनेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *