दुर्गा प्रसाईँलाई सोमबार राति वीरगञ्ज स्थित एक होटलबाट पक्राउ गरिएपछि उनीमाथि कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । कानुनी व्यवस्था अनुसार पक्राउ परेको २४ घण्टाभित्र म्याद थप गरी हिरासतमा राख्नुपर्ने हुन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले साइबर अपराधसँगै राज्यविरुद्धको कसुर आकर्षित हुन सक्ने सम्भावना रहेको बताए । यद्यपि, कुन मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने भन्ने टुंगो लागिनसकेको उनले जानकारी दिए । प्रसाईँले वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ । उनले आफैंले पनि त्यस्ता गतिविधिमा संलग्न रहेको स्वीकार गरिसकेका छन् । प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत प्रसारित प्रसाईँका अभिव्यक्ति, भिडियो तथा अन्य सामग्रीको प्राविधिक परीक्षणसमेत भइरहेको छ । विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका प्रसाईँलाई पक्राउपछि थप अनुसन्धानका लागि कडा सुरक्षा निगरानीमा राखिएको प्रहरीले जनाएको छ । Post navigation अमलेखगञ्ज सडकखण्डको अतिक्रमण हटाउन सुरु ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !