जिल्ला प्रहरी कार्यालयले करिब ११ लाख ५२ हजार ७२० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरी टोलीले चैत १ गते जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँच गर्ने क्रममा अवैधरूपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिएको हो।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल र विभिन्न प्रजातिका फूलका बिरुवा समावेश छन्।

प्रहरीले अवैध कारोबार रोक्न कडा निगरानी जारी राख्ने जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *