नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

महासंघका केन्द्रीय सदस्य तथा प्रदेश समितिका सल्लाहकारसमेत रहेका पूर्व अध्यक्ष कर्णमाथि कार्तिक १७ गते साँझ करिब ६ बजे जनकपुरधाम उपमहानगरपालिका–७ नजिक सडकमा हिँड्दै गर्दा पछाडिबाट आएका एक व्यक्तिले आकस्मिक रूपमा आक्रमण गरेका थिए।  उनलाई आक्रमण गर्नेलाई प्रहरीले  पक्राउ गरेको  छ ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता सहितको टोलीले धनुषाका प्रहरी उपरिक्षकलाई भेटेर आक्रमणकारीलाई कारवाही गर्न माँग गरेको छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *