वीरगन्ज । काठमाडौंमा जारी जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ । शुक्रबार राति काठमाडौंबाट मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा–शवयात्रा निकालेर मुर्ली पोखरी नजिकै रहेको कब्रस्तानमा मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । जनाजा तथा अत्येष्टिमा मुस्लिम समुदायका साथै हिन्दु धर्मावलम्बी समेत हजारौंको संख्यामा सहभागी भएका थिए । मंगलबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा उनको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको थिए । ग्लोबल बिजनेस कलेज, वीरगन्जबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए । अध्ययनसँगै उनी पठाओ राइडरको पेशामा संलग्न रहेका थिए । Post navigation राति १० बजेदेखि सेना परिचालन अस्पताल उपचारपछि पूर्वप्रधानमन्त्री देउवा दम्पति आज डिस्चार्ज