वीरगञ्ज : गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष तथा वीरगञ्जका पूर्व मेयर स्व। गिरीको स्मृतिमा स्थापित ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो। मंगलबार वीरगन्जस्थित पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पत्रकार श्रेष्ठलाई दोशल्ला ओढाएर कदरपत्र र ५१ हजार रुपैयाँको चेक प्रदान गरे।पुरस्कृत पत्रकार श्रेष्ठ कान्तिपुर टेलिभिजनमा कार्यरत छन्। स्व। गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले स्व।गोपाल गिरीको परिवारसँगको सहकार्यमा स्थापीत ५१ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ । यो पुरस्कारबाट यसअघि पर्साका पत्रकारहरु बृजलाल पासवान,शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् । मंगलबार पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता तथा मन्त्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा स्व।गिरीका सुपुत्र गिरिश गिरी,पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी,लेखा समिति संयोजक केसी लामिछाने,पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतकाकोपनि सहभागिता थियो। Post navigation भूमि आयोग पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई ग्रामिण भेगमा भव्य स्वागत