वीरगंजमा शितलहरले जनजिवन कष्टकर बनेपछि यहाका समाजसेवीहरु जनावरहरुको लागि पनि तातो बासस्थानको जोहो गरेका छ । केही दिन देखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि वीरगंज महानगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा ६ थान ड«र्म काटेर कुकुरको लागि तातोघरको व्यवस्था मिलाइएको छ। स्थानिय महिला समाजसेवी कंचन बाहेतीको अध्यक्षतामा महिला समुह एवम् बिरगंज महानगरपालिका वडा नम्बर १० अध्यक्ष सुशील शाह कानुको सहकार्यमा सो वासस्थानको व्यवस्थापन गरिएको हो । सो कार्यक्रममा रश्मि अग्रबाल, गुन्जन अग्रवाल, प्रकाश बहेती ,राजु रुङटा, बबि पोद्दार एवम् वडा नम्बर १० का सचिव पवन प्रधान,वडा सदस्य सन्तोष जैसी चौलागाईं एवं घडिअर्वा स्पोर्ट्स क्लब बिरगंज अध्यक्ष सन्तोष साह तथा बिरगंज महानगरपालिका वडा नम्बर १० का सहयोगमा सम्पन्न भएको हो । आज पुरानो बस पार्क एरियामा २ थान,गिता मन्दिर अगाडि २ थान एवं जैन भवन रोडमा २ थानको ब्यवस्थापन गरिएको हो। महिला समाजसेवी कंचन बाहेतीका अनुसार मान्छेले मात्र आफ्नो बारेमा मात्रै सोच छन इ छाडा कुकुरहरुको लागि कसैले कुनै वास्ता गर्दैन। बिरगंजमा अत्याधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि त्यसैलाई मध्यनजर गरि आफ्नै वडा बाट यो शुभ कार्यको शुरुआत गरिएको हो।आज ६ थान ब्यवस्थापन गरिएको छ । हाम्रो १० नम्बर वडामा ६० थान ब्यवस्थापन गरिने बाहेतीले जानकारी दिईन । Post navigation मानव सेवा आश्रमको लागि ५ लाख ११ हजार रुपैयाँ गोप्य दान एचएमपिभि भाइरस खासै डर लाग्दो नभएको डा. सिंहको भनाइ