वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक व्यक्तिले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान गरेका छन्। वीरगञ्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्यक्तिले आफ्नो व्यक्तिगत तर्फबाट उक्त सहयोग गरेका हुन्।

मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताका अनुसार ती दाताले आफ्नो पहिचान गोप्य राखिदिन आग्रह गर्दै सोमबार आश्रमका अभिभावक तथा भवन निर्माण समितिका संयोजक प्रकाश थारुलाई चेक प्रदान गरेका थिए।
ती दाताले ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सोमबार २ लाख ११ हजार रुपैयाँको चेक प्रदान गरेका र बाँकी ३ लाख रुपैयाँ केही दिनमै दिने बताएका गुप्ताले जानकारी दिए।
मानव सेवा आश्रम वीरगञ्ज शाखा हाल प्रदेश सभा सदस्य रमेश कुर्मीले बनाएको धर्मशालामा सञ्चालनमा रहेको छ। आश्रममा हाल ५५ जना लक्ष्मीनारायण सडक मानव रहेका छन्। नेपाललाई सडक मानवमुक्त देश बनाउने अभियानमा सक्रिय आश्रमले वीरगञ्जमा आफ्नै सुविधासम्पन्न भवन निर्माणका लागि पहल गरिरहेको छ।

यो सहयोगले भवन निर्माणलाई तीव्रता दिने र आश्रमको सेवामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *