वीरगंज स्थित त्रिभुवन हनुमान माध्यमिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।सोही बिद्यालयबाट २०४३ सालमा एस.एल.सी दिएका बिद्यार्थीहरुको समुहले बिद्यालयका शिक्षक र कर्मचारीहरुलाई सम्मानित गरेको हो । एस.एल.सी व्याच २०४३ का अध्यक्ष सुशिल वर्णवालको अध्यक्षता एवं वरिष्ठ पत्रकार जगदिश शर्माको प्रमुख आतिथ्ययमा कार्यक्रम सम्पन्न भएको थियो । बिपिसी कलेजको प्रागंनमा सम्पन्न कार्यक्रममा भुपु शिक्षक हिराकान्त चौधरी, सचितानन्द झा, विश्वनाथ राउत,शान्ता अधिकारी,सुरेन्द्र प्रसाद कानु, पृथ्वी प्रसाद चौरसियालाई सम्मानित गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रमुख अतिथी जगदशि शर्मालाई पनि सम्मान पत्र,दोसल्ला र मायाको चिन्होले सम्मानित गरिएको थियो । कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथी शर्माले २०४३ व्याचले गरेको शिक्षक सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए । प्रदिप जैसवालले स्वागत गरेको कार्यक्रमको सहजीकरण किरण सत्यालले गरेका थिए । Post navigation हरिबोधिनी एकादशी पर्व मनाइँदै मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु