दुर्गा प्रसाई पक्राउको बिरोधमा प्रसाईका समर्थकहरुले टाउकोमा कालो पट्टि बाधेर नाराजुलुस गर्दै वीरगंज परिक्रमा गरेका छन् । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाई लाई जिल्ला प्रहरी कार्यलाय पर्साले जेष्ठ ४ गते सोमबार पक्राउ गरेको थियो । उनलााई वीरगंज स्थित आदर्शनगरमा रहेको दियालो होटलबाट राति करिब ९ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार प्रसाई माथि सामाजिक संजाल तथा विभिन्न माध्यमबाट गलत अफवाह फैलाएको आरोप छ । सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्याएको प्रकृतिका गतिविधि र अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रमा लिई अदालतबाट ५ दिनको म्याद थमाई अनुसन्धान अघि बढाईएको छ ।
प्रसाई जेष्ठ ५ गते मंगलबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले राखेको एक बृहत कार्यक्रममा सम्बोधन गर्न हेतु आएका थिए ।
प्रसाई पछिल्लो समय विभिन्न मुद्दाहरुमामा पटक पटक पक्राउ पर्दै र छुटदै आएका छन

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *