वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि रहेको एक घरमा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २७ वर्षीय विकास चौरसियाको कुटपिटपछि ज्यान गएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक चौरसिया नेपाल प्रहरीका कर्मचारीसमेत रहेको बताइएको छ।

स्थानीयका अनुसार रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवाद चर्किँदै जाँदा झगडा कुटपिटमा परिणत भएको थियो। सोही क्रममा रड प्रहार हुँदा चौरसियाको ज्यान गएको बताइएको छ।

घटनामा संलग्न तीन पुरुष र एक महिला गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो भने प्रहरीले अवस्था नियन्त्रणमा लिएको जनाएको छ।

यस विषयमा थप विवरण लिन खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेतसँग सम्पर्क हुन सकेन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *