पर्सा प्रहरीले प्रतिबन्धित औषधि ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा ले आज पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो। कार्यालयका प्रहरी उपरीक्षक सुदीप पाठक का अनुसार वीरगञ्जस्थित गण्डक चोकमा नियमित सवारी जाँचका क्रममा ना १ ज २७६५ नम्बरको रातो रंगको टाटा सुमोमा चेकजाँच गर्दा गाडीको छतमा कपडाले छोपेर राखिएको कालो झोलाभित्र प्रतिबन्धित औषधि फेला परेको हो।

प्रहरीले उक्त झोलाभित्रबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजी लेखिएको करिब ५२ हजार ट्याब्लेट बरामद गरेको जनाएको छ। सोही प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बारा जिल्ला परवानीपुर गाउँपालिका–१ हरियादिया बस्ने ४२ वर्षीय रामा आशिष राउत अहिर तथा पर्सा जिल्ला बौधर्माई नगरपालिका–२ सिसियाडी बस्ने ३० वर्षीय सुवास सरार्फ रहेका छन्।

प्रहरीका अनुसार हाल उनीहरूलाई सोधपुछ तथा थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न मुख्य कारोबारीको खोजी भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिनुभयो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *