नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बिहीबारदेखि पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ।महासंघका अनुसार खोप कार्यक्रम कात्तिक २७ गते बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ। यो खोप कार्यक्रम क्लासिक ब्याङ्केट, आर्मी ब्यारेकको उत्तर, वीरगञ्जमा सञ्चालन गरिनेछ।महासंघले हालसम्म हैजाविरुद्धको खोप नलिएका सबै पत्रकारहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ। साथै, पत्रकारहरूले आफ्ना परिवारका सदस्य र आफन्तहरूलाई समेत खोपका लागि ल्याउन सक्ने व्यवस्था गरिएको जनाइएको छ।नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले सबै पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाको दृष्टिले खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। महासंघका अनुसार हैजा संक्रमणको जोखिम न्यूनीकरण गर्न र सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नका लागि यो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। Post navigation रुपन्देहीका चार उद्योगले तिरे बक्यौता : विद्युत आपूर्ति पुनः सुरु मंदिरमा राजनिति ।।